बागमतीका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने

तु खबर संवाददाता
२०७८ बैशाख २७, सोमबार ०८:५९

मकवानपुर । बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ ।

कोरोना भाइरस महामारीलाई मध्येनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् ।

यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ । केही दिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ । अब प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा पनि ल्याब स्थापना हुनेछ मन्त्री बस्नेतले जानकारी दिईन् ।

मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लागि लाग्ने रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने र सो प्राप्त भएपछि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा लेखि पठाउने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*