बागमती प्रदेश सरकारद्वारा सहायता सामग्री वितरण

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १६:२७

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ७० जना अपाङगता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० जना अपाङगता भएका व्यक्तिहरुलाई सामग्री वितरण गरेको हो ।

प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमबीच उनीहरुलाई उक्त सामग्री वितरण गरेकी हुन् । मन्त्रालयको १५ लाख बजेटमा गुणस्तरीय सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ह्विल चियर, कृत्रिम खुट्टा, बैसाखी, श्रबण यन्त्र, फोडिङ बेड, सेतो छडीलगायत अपाङगता सहायता सामग्री हस्तान्तरण गरेको हो ।