प्रदेशका १३ वटै जिल्लाका अनुगमन समितिलाई क्रियाशिल बनाउन निर्देशन

तु खबर संवाददाता
२०७८ बैशाख २६, आईतवार १८:३२
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । निषेधाज्ञाको अवधिमा उपभोक्ता हितका निम्ति प्रदेश र जिल्ला स्तरीय बजार अनुगमन समितिलाई क्रियाशिल बनाइने भएको छ ।

आइतबार बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द पौड्यालको अध्यक्षता र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रसेश नेपालको आथित्यतामा बसेको बैठकले प्रदेश स्तरीय संयुक्त बजार अनुगमन निर्देशका, द्दण्ठठ को दफा ठ बमोजिमको जिल्ला बजार अनुगमन समितिलाई क्रियासील बनाउने निर्णय गरेको हो ।

बैठकले सबै जिल्लाका अनुगमन समितिलाई अनुगमनको कार्यतालिका बनाई कोभिड –१९ र निषेधाज्ञाको कारण खाद्यान्न, तरकारी, ‌औषधी, तथा स्वास्थ्य सम्बन्धी ‌औजार तथा उपकरणको मागमा परेको चापको कारण उत्पन्न हुनसक्ने जोखिमलाई व्यवस्थित गर्न निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै अनुगमन गर्दा मालवस्तुको आपूर्ति व्यवस्था, मूल्य स्तर, र गुणस्तरको जाँच गर्नुको साथैे साथै सिन्डिकेट, कार्टेलिङ्ग कृतिम अभाव जस्ता कार्यलाई निरूत्साहन गर्न रिपोटिङ्ग र विशेष अनुगमन गर्न निर्देशन दिइएको छ ।

बजार अनुगमन समितिलाई आवश्यकता अनुसार माल वस्तुको जफत गर्ने, नष्ट गर्ने, कारोबार रोक्का गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गर्न र कृषि उत्पादनको लागि आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्तिको भए नभएको जाँच गर्न निर्देशन दिइएको हो ।

त्यस्तै उपभोक्ता हित संरक्षण गर्न उजुरीको प्राप्ति र सम्बोधन गर्ने संयन्त्र तयार गर्नुको साथै प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

बैठकका प्रदेशका १३ वटै जिल्ला प्रशासन कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको समेत बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द पौड्यालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*