राजनीति/ समाज

देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड

चितवन, ९ मंसिर / रासस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन् । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे। चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै...

काँग्रेस सभालाई लक्षित गरी सकेट बम

चरिकोट, दोलखा, ७ मंसिर : नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले...

भोलिको बन्द ‘हल्ला मात्रै’

काठमाडौँ, ०७ मंसिर । विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्द गर्दै छ भन्ने कुरा सत्य नभएको खुलेको छ । सो पार्टीका एक नेताका अनुसार, भोलि नेपाल बन्दका कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । हालसम्म भोलि नेपाल बन्द गर्ने कुनै पनि घोषित कार्यक्रम आफ्नो पार्टीको नभएको ती नेताले बताए ।...

सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा

–युवराज पाण्डे सिन्धुलीमाडी, ६ मंसिर । सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवद्र्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् । विशेषगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको वाम गठबन्धनले स्थानीय रुपमा...

पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा, ६ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ...

हेटौँडावासीलाई राजनीतिक दलप्रति अविश्वाश छ–मैनाली

हेटौँडा, ५ मंसिर । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरको प्रदेशसभा क्षेत्र नम्वर १ को क बाट आफ्नो उम्मेदवारी दिएका राजन मैनाली मकवानपुरका विभिन्न स्थानमा घरदैलो अभियानमा व्यस्त छन् । मतदाता समक्ष पुगेका मैनालीसँग हेटौंडाका जनताले राजनितिक दलप्रति अविस्वाश रहेको बताएका छन् । साथै चुनाव जितेपछि फर्किएर नआएको आक्रोश समेत...

संयोजक लामिछानेले कमल थापालाई समर्थन गरेपछि नयाँ शक्तिमा खैलाबैला / बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने

मकवानपुर, ४ मंसिर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ का प्रत्यक्ष तर्फका उम्मेदवार प्रल्हाद लामिछानेले कमल थापालाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी स्थगन गरेपछि अहिले मकवानपुरको राजनीतिक माहौल तातेको छ । निर्वाचनको तिथि नजिकिँदै जाँदा नयाँ शक्तिले उम्मेदवारी स्थगित गरी कमल थापालाई सहयोग गर्ने गरी गरिएको सहमति...

उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

नुवाकोट, ४ मंसिर : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको...

निर्वाचन कार्यालयमा सकेट बम

मलेखु, धादिङ, ३ मंसिर (रासस):  जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक...

चन्द्रपुरमा बम बिस्फोट ( घाइतेहरुको नामावली सहित)

मकवानपुर, २ मंसिर । रौतहटको चन्द्रपुरमा आज शनिबार बम बिस्फोट हुँदा १० भन्दाबढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी रामकुमार दानीका अनुसार, बम बिस्फोटमा परी घाइते हुनेमध्य दुईको अवस्था गम्भीर भई उपचारका लागि चितवन पठाइएको छ । सो घटनामा घाइते हुनेहरु वडा नम्बर ५ का मात्र...