हेटौँडा जेसीजद्वारा स्वास्थ्यकर्मीलाई पानी र जुस सहयोग

तु खबर संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १६:३४

मकवानपुर । हेटौँडा जेसीज कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि एक सय काटुन पानी र १० काटुन जुस उपलब्ध गराएको छ ।

हेटौँडा जेसीजका अध्यक्ष लिसेन बस्नेतसहितको टिमले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका रजिष्ट्रार राजेश प्रसाईलाई उक्त पानी र जुस सहयोग हस्तान्तरण गरेको हो ।

कोरोना महामारीका क्रममा २४ सै घण्टा संक्रमित बिरामीको उपचार र संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सो सहयोग हस्तान्तरण गरिएको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

विभिन्न सामाजिक कार्य गर्दै आएको हेटौंडा जेसीजले आगामी दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने जनाएको छ ।

आवश्यकता अनुसार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने हेटौँडा जेसीजका अध्यक्ष बस्नेतले प्रतिवद्धता व्यक्त गरे ।

ेहेटौँडा अस्पताल संचालक समितिका पदाधिकारी र जेसीज सदस्यहरुको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*