हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १०:४०

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ड्रिल अभ्यास दिइएको छ ।

जुनसुकै बेला पनि आइपर्न सक्ने आपत्तकालिन अवस्थामा संयमित भएर प्रभावकारी सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले उनीहरुलाई सोमबार ड्रिल अभ्यास गराइएको हो ।

प्रकोपको समयमा स्वास्थ्यकर्मीको भूमिका, उपचार प्रक्रिया, प्रकोपका बेला पालना गर्नुपर्ने नियमलाई ड्रील अभ्यासमार्फत् प्रस्तुत गरिएको थियो ।

भीमफेदी गाउँपालिका वडा नम्वर १, त्रिखण्डीमा सवारी दुर्घटना भएको कृत्रिम घटनामार्फत् घाइतेको उद्धार प्रक्रिया, उपचारमा स्वास्थ्यकर्मीहरुको परिचालन, उपचार, लगायतका विषयमा अभ्यास गरिएको थियो ।