राजनीति/ समाज
नेकपा माओवादी केन्द्र मनहरी २ को वडा कमिटी गठन
मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी–२ को वडा कमिटी गठन भएको छ । सुर्यबहादुर ब्लोनको संयोजकत्वमा ३५ सदस्यीय वडा कमिटी गठन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य तथा मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिए । बिहिबार नेकपा माओवादी केन्द्र मनहरी २ को वडा भेला तथा प्रशिक्षण कार्यक्रममा...
अध्ययन नगरि वस्तीमा बज्यजन्तु आरक्ष राखिँदा जनताहरु मौलिक हकबाट बञ्चित हुनुपर्योः मन्त्री लामा
मकवानपुर । बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबादोर्जे लामाले प्रदेशमा पुस्तौदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीमा अध्ययन र अनुसन्धान नगरिकन ती वस्तीहरुमा बज्यजन्तु आरक्षभित्र राखिँदा प्रत्यक्ष जनताहरु मौलिक हकबाट बञ्चित हुनुपरेको बताएका छन् । शुक्रबार बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित भूमि...
विभिन्न मागसहित मकवानपुर क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रण विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसले शुल्क वृद्धि सम्बन्धि क्याम्पसले गरेको निर्णय तत्काल फिर्ता गर्नुका साथै अन्य मागहरुसहित क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। विद्यार्थी र अभिभावकको मर्कामा पर्ने गरी क्याम्पसले लकडाउनको समयमा पनि अनलाइन क्लास (कक्षा) सञ्चालन गरेको नाममा एक महिना पनि...
कांग्रेस र कम्युनिष्ट असफल सावित भए– कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्ट असफल साबित भएको बताएका छन् । राप्रपा काठमाडौं महानगर समितीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको पनि दाबी गरे ।...
पत्रकार महासंघको उपचार कोषमा मउवा संघको ७५ हजार सहयोग
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपचार कोषको लागि रु ७५ हजार रकमको चेक हस्तान्तरण गरेको छ । संघले सोमबार पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेको हो । उक्त रकमको चेक मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष...
मकवानपुरका ५३४ जना नेपाली कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५ सय ३४ जना नेपाली कांग्रेस प्रवेश गरका छन् । बकैया–६ स्थित सहिद स्मृति पार्कमा शुक्रबार भएको पार्टी प्रवेश तथा भेला कार्यक्रममा नेकपा माओवादी, नेकपा एमाले, राप्रपालगायत विभिन्न परित्याग गरी ५ सय ३४ जना कांग्रेसमा प्रवेश गरेका हुन् । पूर्व...
बागमती प्रदेशः जोड्दै र तोड्दै एक अंक
मकवानपुर । एक अंकको महत्व अपरम्पार छ । एक अंककै कारण कोही जिन्दगीको शिखर चुम्न सफल हुन्छन् त कोही त्यही शिखरबाट तल सर्न बाध्य हुन्छन् । जिन्दगीको हारजितमा एक अंकले महत्वपूर्ण भूमिका खेल्छ । भनिन्छ नि, एक वर्षको महत्व परीक्षामा फेल हुनेलाई सोध । १ महिलाको महत्व तलब नपाउनेलाई...
कांग्रेस मकवानपुरले गर्यो क्रियाशिल सदस्यता सम्बन्धी छलफल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका केन्द्रीय नेताहरुसंग क्रियाशिल सदस्यता सम्बन्धी जिल्लास्तरीय छलफल कार्यक्रम गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशिल सदस्यता छानविन समितिका केन्द्रीय संयोजक रमेश लेखकको प्रमूख आतिथ्यतामा बिहिवार हेटौँडामा क्रियाशिल...
अबको विकल्प राप्रपाः अध्यक्ष थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा रहेको बताएका छन् । बुधबार राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको...
बागमती प्रदेशसभाको बैठक ११ बजे बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभाको भवनमा बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज बस्ने उक्त बैठकमा हिजो बसेको कार्यपरामर्श समितिको बैठकबाट निर्णय भइ आएको कार्यसूचीहरुमाथि छलफल हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्ताव...










