हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७८ बैशाख २२, बुधबार १०:१९

मकवानपुर । हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार, गत बैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारको क्रममा आज बिहान ४ बजेर १४ मिनेट जाँदा मृत्यु भएको हो । उनमा बैशाख १४ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ६ जना पुगेको छ । यसअघि हेटौँडाका दुई जना, बारा अमलेखगन्जका दुई जना र महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भइरसकेको अस्पतालले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*