वडा कार्यालयद्वारा सहकारीलाई कम्प्युटर हस्तान्तरण
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ कार्यालयले एक सहकारी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
कार्यालयले वडाभित्र रहेका नारीचेतना बचत तथा ऋण सहकारी संस्थालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष चौलागाई मंलबार बिहान एक कार्यक्रमबी सहकारी संस्थाकी अध्यक्ष सम्झना खरेललाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
सहकारीकी अध्यक्ष सम्झना खरेलको सभाध्यक्षतामा भएको उक्त कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, संस्थाकी कोषाध्यक्ष शर्मिला ढकाल, व्यवस्थापक मोदकुमारी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
