हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । हेटौँडा अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अम्लेखगञ्ज निवासी बर्ष ५९ को पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार संक्रमित पुरुषको दिउँसो १२ः५० बजे अस्पतालको कोभिड एचडियु कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
मधुमेह र मृगौला सम्बन्धी रोगबाट पीडित उनी हेटौँडा अस्पतालमा उपचारको लागि गत बैशाख १५ गते भर्ना भएका थिए ।
उनको १५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १६ गते पुष्टि भएको थियो ।
त्यसलगत्तै उनलाई कोभिड–१९ वार्डको एचडियु कक्षमा राखेर उपचार भइरहेको थियो ।
