राजनीति/ समाज

सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती हुन्छः मुख्यमन्त्री पौडेल

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सेवामा कार्यरत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ, ललितपुरको ११औँ वार्षिक साधारसभामा आज मुख्यमन्त्री पौडेलले पोशाक सिलाउने भत्ता लिएपछि अनिवार्य कपडा सिलाउनुपर्ने...

सभापति देउवालाई आफ्नो पक्षमा सरकार गठन गर्न पौडेल पक्षको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए । त्यसअघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गर्नुअघि कांग्रेस पदाधिकारी बैठक बोाइएको पार्टीका प्रवत्तला विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार, समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको हो । पदाधिकारी र...

मुनु सिग्देललाई पार्टीमा स्वागत गर्न तयार छौँ तर अध्यक्षको रुपमा होइन –एकलाल श्रेष्ठ

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्ष आफु भएको एकलाल श्रेष्ठले दावी गरेका छन् । नेकपा एमाले पूर्ववत् रुपमा फर्किएपनि जिल्ला कमिटी पूर्ववत् नरहने श्रेष्ठको तर्क छ । ‘सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्ववत् रुपमा फर्काइदिएको छ, तर जिल्ला कमिटी पूर्ववत् रुपमा फर्कँदैन । जिल्ला कमिटीमा को कहाँ रहने भन्ने कुरा...

भीम रावललाई ओलीको आग्रहः कुन पार्टीको प्रधानमन्त्री हो भन्‍ने जानकारी लिन सर्वोच्च जानुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले...

संविधानप्रति असन्तुष्टि हुँदाहुँदै प्रतिरक्षामा उत्रिनु परेको छ–उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानप्रति व्यापक असन्तुष्टि भएपनि प्रतिरक्षामा उत्रिनु परेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित ‘मुस्लिम समुदायको समस्या तथा समाधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सो कुरा बताएका हुन् । ‘यो संविधानप्रति हाम्रा धेरै असन्तुष्टि छन् । तर, यही संविधानले संघीयता,...

अहिलेको संकट समाधानको माध्यम निर्वाचन– कमल थापा

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको बताएका छन् । आइतबार मिडिया नेपालद्वारा दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताए । अध्यक्ष थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा...

सर्वोच्चको फैसला सरकारको पक्षमा हुने मन्त्री भट्टको दाबी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले सरकारको पक्षमा नै फैसला गर्ने बताएका छन् । आइतबार कैलालीमा ओली पक्ष नेकपाको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सो कुरा बताएका हुन् । सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा...

बागमतीमा मत विभाजन कार्यविधि विवाद

मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई टुंगो लगाउन बनाउन लागिएको मत विभाजन कार्यविधिलाई लिएर विवाद सुरु भएको छ । कार्यविधि मस्यौदा समितिले प्रतिवेदन तयार गरिसकेको र सभामुख सानुकुमार श्रेष्ठले बुझ्न नमानेको आरोप लगाइरहेको छ । सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव छिनोफानो गर्न मत विभाजन गर्नुपर्ने र आवश्यक...

वैशाखमा चुनाव हुन्छ – इश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उप्रधानमन्त्री पोखरेलले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई...