राजनीति/ समाज
प्रचण्ड–माधव समूहलाई कमल थापाले भने–राप्रपाकै नियति भोग्न नपरोस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रचण्ड–माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् । अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् । तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै...
अविश्वास प्रस्तावको सामना गर्न तयार छु : मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वास प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विस्वासको मत लिएर अगाडी बढ्ने बताएका हुन् । आफ्नो पक्षमा बहुमत पुर्याउन तयार रहेको बताउँदैउनले भने–‘अविश्वास प्रस्तावको फेस गर्न म तयार छु ।’ मुख्यमन्त्री पौडेलविरुद्धमा माधबकुमार...
पुनःस्थापनाको विपक्षमा देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा दृढ देखिएका छन् । उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न आग्रह गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन...
३५ वर्षको उतारचढावपछि दाहाल–नेपाल : एउटै पार्टी, समान हैसियत
काठमाडौँ । ५० को दशकदेखि नै अनेकखाले आन्दोलनको रापतापले भरिभराउ हुने सडक २०७४ को प्रतिनिधिसभा चुनावयता सुनसानजस्तै थियो । बेलाबखत सडकमा उत्रिने किसान र विभिन्न पेसाकर्मीको आन्दोलनको आकार ठीकठीकै हुन्थ्यो तर शुक्रबार नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित नेता–कार्यकर्ता माइतीघरको चिसो भुइँमा टुसुक्क बसेर सडक संघर्षको सुरुवात...
जसपाद्वारा हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) ले हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद् विघटनको असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । जसपा जिल्ला पार्टी कार्यालय हुप्रचौरबाट शुरू भएको विरोध र्याली बुद्धचोकमा पुगेर पुत्ला दहन गरेको...
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक : यस्तो छ २ वटा निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको शुक्रबार अपरान्ह बसेको बैठकले २ वटा निर्णय गरेको छ । दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकले संघीय संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने निर्णय गरेको छ...
कांग्रेस मकवानपुरले संसद् विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय निर्देशन अनुसार पुस १३ गते गर्ने संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते प्रदर्शन गर्ने भएको हो । शुक्रबार नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति विष्णुप्रसाद...
प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सरकारसँग विघटन गर्नुको कारण मागेको...
ओलीको प्राथमिकतामा तत्कालीन माओवादी केन्द्रका नेता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा...
कांग्रेस जता, प्रदेश त्यतै
संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न...










