कांग्रेस मकवानपुरले गर्‍यो क्रियाशिल सदस्यता सम्बन्धी छलफल

तु खबर संवाददाता
२०७७ चैत्र २७, शुक्रबार ०९:१७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका केन्द्रीय नेताहरुसंग क्रियाशिल सदस्यता सम्बन्धी जिल्लास्तरीय छलफल कार्यक्रम गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशिल सदस्यता छानविन समितिका केन्द्रीय संयोजक रमेश लेखकको प्रमूख आतिथ्यतामा बिहिवार हेटौँडामा क्रियाशिल सदस्यता सम्बन्धी जिल्लास्तरीय छलफल कार्यक्रम गरेको हो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशिल छानविन समिति बागमती प्रदेश संयोजक श्याम घिमिरे, केन्द्रीय सदस्य एवं प्रखरवक्ता प्रदिप पौडेलले कांग्रेसको आगामी भदौमा हुने महाधिवेशन र क्रियाशिल सदस्यता वितरण बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

छलफल कार्यक्रममा प्रतिनिधिसभाका संघिय सभापतिहरु, नगरसभापतिहरु, ८ वटै गाउँपालिकाका सभापतिहरुले क्रियाशिल सदस्यता वितरणमा भैरहेको समस्या र चुनौती बारे आफ्ना धारणा राखेका थिए भने प्रमूख अतिथि लेखकले उनीहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकारहरु, भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी तथा सदस्यहरु, मकवानपुरका विभिन्न स्थानीय निकायहरुका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उसहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*