मकवानपुरका ५३४ जना नेपाली कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ चैत्र २८, शनिबार ०९:१४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५ सय ३४ जना नेपाली कांग्रेस प्रवेश गरका छन् ।

बकैया–६ स्थित सहिद स्मृति पार्कमा शुक्रबार भएको पार्टी प्रवेश तथा भेला कार्यक्रममा नेकपा माओवादी, नेकपा एमाले, राप्रपालगायत विभिन्न परित्याग गरी ५ सय ३४ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्व जलस्रोत राज्यमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना), नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले टीका र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जलस्रोत राज्यमन्त्री डीना, नेता बानियाँ, नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष बुद्ध लामा, सल्लाहकार रिता खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकैबीच नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित रुपेश दुलाल र मकवानपुर शाखा अध्यक्षमा निर्वाचित मणिराज गौतमलाई सम्मानसमेत प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*