राजनीति/ समाज
प्रचण्ड–माधव पक्षको नेकपाले आजबाट संसद विघटनविरुद्ध आन्दोलन गर्ने
मकवानपुर । प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठकले आज शुक्रबारदेखि पुस २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बताएका छन् । उनका अनुसार पुस १० गते बिहान १०...
ओली समुहले तोक्यो बागमतीसहित सात प्रदेशका संयोजक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटीको बैठकले संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ,...
ओली समूहद्वारा प्रचण्डलाई कारबाही
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बिहिबार बालुवाटारमा बसेको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । श्रेष्ठलाई पनि पार्टीबाट...
राजदूत डा खतिवडाबाट शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।
प्रतिनिधिसभाको विघटन स्थिरता र परिवर्तनका लागि : थापा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको आजको बैठकमा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए । नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उनले...
संसद विघटनविरुद्ध १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पुस १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले पुस १३...
प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले यही पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार...
नेकपा ओली समुहको केन्द्रीय कमिटी बैठक शुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय कमिटीको बैठक आज अपराह्न शुरु भएको छ । बैठक केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सुरु भएको हो । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी...
कसरी टुंग्याउला निर्वाचन आयोगले नेकपा विवाद ?
काठमाडौँ । नेकपाका दुई पक्षले केन्द्रीय कमिटी सदस्यको संख्या फरक–फरक उल्लेख गर्दै निर्वाचन आयोगलाई जानकारी गराएका छन् । पार्टीको औपचारिक विभाजन तथा आधिकारिकता प्राप्तिका लागि केन्द्रीय सदस्यको संख्या नै महत्त्वपूर्ण मानिएका बेला दुवै पक्षको जोड केन्द्रीय कमिटी सदस्य थपघटमै देखिएको छ । पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दर्ताका बखत नेकपाको केन्द्रीय कमिटी...









