मुनु सिग्देलले पार्टीको १० लाख रुपैयाँ हिनामिना गरेको श्रेष्ठको आरोप

तु खबर संवाददाता
२०७७ चैत्र १०, मंगलवार ०९:३४

मकवानपुर । नेकपा एमाले (ओली पक्ष) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा उत्रिएकी तत्कालिन नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले पार्टीको बैङ्क खातामा रहेको १० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।

सोमबार नेकपा एमाले (ओली पक्ष) को राष्ट्रिय युवा संघ नेपाल मकवानपुरद्वारा हेटौँडामा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेकपा एमाले (माधव पक्ष) मकवानपुरका नेतृ सिग्देलमाथि पार्टीको बैंक खातामा रहेको उक्त रकम हिनामिना गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको २ दिनपछि अर्थात पुस ७ गते पार्टीको खाताबाट १० लाख रुपैंया बिना जानकारी निकालेर पार्टी कार्यालयमा ताला लगाएर भागेको आरोप लगाएका हुन् ।

उनले पैसाका लागि राजनिति गर्नेहरुलाई जनताले चिनेको र उनीहरु धेरै दिन टिक्न नसक्ने भन्दै अब मकवानपुरका युवाहरुले उनीहरुलाई तह लगाउने बताए ।
अध्यक्ष थापाले प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र मुनु सिग्देललाई लक्षित गर्दै भने –‘नेकपा एमालेको ब्रेक पनि छैन, गियर पनि छैन, सरकार र पार्टीको विरोध गर्ने विरोध र मुनुलाई किचेर अगाडी बढ्छ ।’

संकटको घडीमा नेतृत्वको साथ रहेका कार्यकर्ता मात्र एमालेको कार्यकर्ता भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*