राजनीति/ समाज
नेकपा केन्द्रीय सदस्यमा मकवानपुरका ५ सहित थप ५५६ जना मनोनित
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा मकवानपुरका ५ जना थपिएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मकवानपुरका ५ जनालाई मनोनित गरिएको हो। मनोनित हुनेहरुमा मकवानपुरका रामचन्द्र राई, अनन्त पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ र विद्यार्थी...
नेकपा केन्द्रीय कमिटी विस्तारः प्रवक्तामा ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी...
ठूला र चिल्ला सडक मात्र विकासको सूचक होइन : मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा हाल प्रचलित विकासको परिभाषालाई परिवर्तन गरिनुपर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले ठूला र चिल्ला सडकलाई मात्र विकासको सूचक मान्न नहुने धारणा राखे । चितवनको सौराहामा सोमबार आयोजित बागमती प्रदेश विकास परिषद्को दोस्रो बैठकमा पौडेलले पक्की सडकमा खाली खुट्टा पैदल हिँड्ने नागरिकको...
मकवानपुरका खेती योग्य जमिनमा सिंचाइ गर्न प्रदेश सरकारको सहयोग
मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका खेतीयोग्य जमिनमा सिंचाइ गर्नका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलका अनुसार, खेतीयोग्य खेतबारी भएपनि सिंचाइ गर्नका लागि समस्या भोग्दै आएका स्थानमा प्रदेश सरकारले सहयोग गर्ने भएका हुन् । मन्त्रालयले हेटौंडाको लक्ष्मीनारायण ट्युवेल सिंचाइ योजनाका लागि...
महरा भन्छन्–पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्छ
पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए । अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको...
गोयलसामु गलेको ‘राष्ट्रवाद’ !
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ । आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न...
नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ । यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना...
संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर
काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएको छ । अदालतमा आइतबार र सोमबार गरी दुई दिनमा ११ वटा रिट दर्ता भएको हो । १३ वटा रिट पेश भए पनि ११ वटा मात्र दर्ता भएको छ । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको...
सरकारले दूरगामी महत्वका काम गरेको छः प्रधानमन्त्री (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले...
ओलीद्वारा नेकपाको केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका पार्टीका एक नेताले बतायो । यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने...









