जसपाद्वारा हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

तु खबर संवाददाता
२०७७ पुष ११, शनिबार ०९:०५

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) ले हेटौंडामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

संसद् विघटनको असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

जसपा जिल्ला पार्टी कार्यालय हुप्रचौरबाट शुरू भएको विरोध र्याली बुद्धचोकमा पुगेर पुत्ला दहन गरेको थियो ।

र्यालीमा प्रतिगामी ओली सरकार मुर्दावाद, असंवैधानिक कदम खारेज गर जस्ता नारा लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*