राजनीति/ समाज
‘पार्टीको आन्दोलन र भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक...
संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई
झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन् । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए...
पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस् : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट गरेका छन् ।...
प्रधानमन्त्रीको सम्बोधन ३ बजे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले...
नेपाली कांग्रेसले बोलायो सर्वदलीय बैठक
काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, बैठक दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो । बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने...
नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको अलग–अलग बैठक
काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन...
‘एकता जोगाउने सूत्रहरुले काम गर्न छाडे’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केही सिमित नेताको आकांक्षा नै अहिलेको समस्याको मुख्य जड भएको बताएका छन् । नागरिक दैनिकसँगको अन्तरवार्तामा उनले सिमित व्यक्तिको आकांक्षा पूरा गर्न पार्टीभित्र समस्या थपिदै गएको बताए । ‘नेताहरु र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहोर्याएको छ । त्यो...
असारमै ओलीले पद त्याग्नुपरे बसिरहेको कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए
काठमाडौं । तत्कालका घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ । जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे । यो अध्यादेश जारी गर्दा...
ओली गुटको ‘रबर स्टयाम्प’ !
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राजनीतिक विषयमा धेरै सोचविचार, सरसल्लाह र सुझाव लिने काम नगरी...
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन...









