केपी ओली गोमन साप जस्तै रहेछ : नेता खनाल

तु खबर संवाददाता
२०७७ पुष १०, शुक्रबार १६:२२
file-photo

काठमाडौं । नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप जस्तै रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले अघि भने, ‘उहाँ गोमन साँपजस्तै हुनुहुँदोरहेछ ।’

गोमन साँपलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए ।

उनले नेकपाको आधिकारिक आफूहरु भएको भन्दै उनले केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*