राजनीति/ समाज

के छ धारा ७६ र ८५ मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन् । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी छिन् । संविधानको धारा ७६ (१)...

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा पुस ७ गते अपराह्न १ बजे बस्ने भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रचण्ड र नेपाल निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा्र) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश...

संसद विघटनविरुद्ध नेकपा मकवानपुरको गम्भीर आपत्ति

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमप्रति घोर भत्र्सना गरेको छ । नेकपा मकवानपुरले आइतबार प्रधानमन्त्री ओलीले संविधानको भावना विपरित मौजुदा प्रतिनिधिसभा (संसद) विघटन गरिएकोप्रति एक विज्ञप्ती जारी गर्दै त्यसविरुद्ध गम्भीर आपत्ति जनाइएको हो । जारी विज्ञप्तीमा ‘नेकपाको कम्युनिष्ट आन्दोलनको...

राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । प्रधानमन्त्री ओलीले ल्याएको उक्त प्रस्तावलाई स्वीकारर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५...

नेविसंघ मकवानपुरद्वारा संसद विघटनविरुद्ध हेटौंडामा प्रदर्शन

मकवानपुर । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले हेटौंडामा प्रदर्शन गरिरहेका छन् । दिउँसो २ बजे नेपाली काग्रेको पार्टी कार्यलयबाट निस्कने जुलुस प्रदर्शन सिमाचोक पुगि कोणसभामा परिणत हुने भएको नेवि संघ मकवानपुरले जनाएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकमा संसद...

स्थायी समितिको बैठकका लागि बालुवाटार पुगे प्रचण्ड

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने भएको नेकपाले जनाएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने बताएका छन् । एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी बस्ने समेत नेकपाले जनाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल...

प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिस लोकतन्त्र मास्ने खेल : नेता बानियाँ

मकवानपुर । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री ओलीले संसद विघठन गर्ने गरी राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष गरेको सिफारिस लोकतन्त्र मास्ने खेल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजको बोलाइएको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट संसद विघठन गर्ने र बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय...

ओलीको अभिष्ट कदमपछि नेकपा बैठक अन्योलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक अन्योलमा परेको छ । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको हो । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपा  कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु क्रमशः माधवकुमार नेपाल,...

संसद विघटनको सिफारिस प्रधानमन्त्रीको राष्ट्रघाती कदम : रविन्द्र मिश्र

मकवानपुर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनको सिफारिसलाई प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदम भएको बताएका छन् । आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको उल्लेख गरेका छन् । उनले ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको बताउँदै...