राजनीति/ समाज
सभामुख श्रेष्ठद्वारा कम्बल वितरण
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गरेका छन् । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उनले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल...
राजनीतिक द्वन्द्वको घानमा संसद्
काठमाडौं । अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।...
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी समितिको बैठक निर्धारीत समयभन्दा ३ घण्टा ढिलो गरी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न नमानेपछि बैठक निर्धारीत समयभन्दा ढिलो भएको हो । तर, सहमतिको पहलस्वरुप...
सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल
काठमाडौँ । पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उनीहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् । अपराह्न १ बजेका लागि तोकिएको...
विभिन्न पार्टी परित्याग गरी हेटौंडा–१३ का ५७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३ मजुवामा नेकपा तथा राप्रपाका अग्रज स्थानीय नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । केही शाताअघि कांग्रेसमा प्रवेश गरेका मजुवाका नवप्रवेशीहरुले मंगलबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँलाई राखेको स्वागत कार्यक्रममा नेकपा र राप्रपाका ५७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।...
भागबण्डाले के–के भन्छ ?
काठमाडौं । उतिबेला सभामुखको रस्साकस्सी र अहिले अध्यादेश किन ल्याइयो ? किन चल्यो भन्ने कुरा संवैधानिक परिषद्को बैठक तीन दिनदेखि गोलचक्करमा चलिरहेबाटै प्रष्ट हुन्छ । स्रोतका अनुसार प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृह सचिव प्रेमकुमार राई र सदस्यमा अर्का एकजनाको नाम प्रस्ताव गर्नुभएको छ । शेरबहादुर देउवासँगको...
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी
काठमाडौं । आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन...
रेडियो नेपालको पुरानो गरिमालाई फर्काइनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे । सरकारका...
संवैधानिक परिषद् अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेका छन् । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।
पार्टी एकताबद्ध भएर अघि बढछ : अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रवास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए...










