राजनीति/ समाज
हेटौंडाको चारै नाकाबाट प्रदर्शनकारी भित्र्याउँदै काँग्रेस
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले आज सरकारका गतिविधिका विरुद्ध व्यापक प्रदर्शन गर्दैछ । आजको विरोध जुलुसलाई काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने काँग्रेसले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । काँग्रेस मकवानपुरले यसका लागि भब्य तयारी गरेको जनाएको छ । सरकारले लोकतन्त्र मास्न खोजेको, कम्युनिष्ट सर्वसत्तावाद हावी हुन...
प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१...
यसरी भएको थियो ललिता निवास अतिक्रमण
काठमाडौं । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण...
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै
काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । कांग्रेसले मकवानपुरसहित ७७ वटै जिल्लामा सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले...
‘चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर
काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेशको लहर चलेको छ । काभ्रेपलाञ्चोकमा एक साताअघि आयोजित दुई पार्टी प्रवेश कार्यक्रममा चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । दुवै कार्यक्रममा नेकपामा नवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए । गत साता दुई दिनका...
नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक कहिले ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ । नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आइतबारको स्थायी कमिटी बैठक सकिएको हो । बैठकमा लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो । स्थायी कमिटीको अर्को बैठक १ पुसमा बस्ने निर्णय भएको...
देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताएका छन् । उनले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको...
पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिन्छः बाँस्कोटा
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले...
प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा…
पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि पुराना भवनमा कसैको ध्यान गएन । झार पलाउन थाल्यो,...










