राजनीति/ समाज

सुकौरामा विभिन्न पार्टी परित्याग गरी ६७ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा विभिन्न पार्छी परित्याग गरी ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस गढी ७ का सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा,...

अब ओलीले के गर्लान्: पदत्याग कि पार्टी विभाजन ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक नेताको दाबी छ। पार्टी स्थायी कमिटीको बैठकले ओलीकै पक्षमा निर्णय गरे पनि उनैले...

नेकपा विवादः स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् । स्थायी कमिटीको बैठक...

काँग्रेसकी पूर्व सभासद् कौसर शाह नेकपा प्रवेश गर्दै

काठमाडौं । दोस्रो संविधानसभामा नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य भएकी कौसर शाह सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएकी छन् । शाह शनिबार दिउँसो २ बजे नेकपा प्रवेश गर्न लागिएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालले जनाएको छ । सचिवालयका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय...

राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य सम्पादन समितिको बैठकको मिति तय गरेको छ । शनिबार पार्टीका अध्यक्षहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाको बसेको बैठकले पौष ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको हो । उक्त बैठकमा देशको समसामयिक...

पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोध गर्न थाले : पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका छन् । बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए । “कार्यक्रममा जाँदा पार्टीभित्रैका...

अटेरी सरकारः संसदको सर्वोच्चतामाथि प्रश्न

सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा...

सभापति देउवा मंसिर २९ गते हेटौंडा आउने

मकवानपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेटौंडा आउने भएका छन् । सभापति देउवा यही मंसिर २९ गते हेटौंडामा आउने भएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनी कांग्रेस मकवानपुरको आयोजनामा मंसिर २९ गते हेटौंडामा सरकारविरुद्ध हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न आउने भएका हुन् । तनहुँको व्यास नगरपालिकामा मंसिर १७...

सञ्चार संस्था बलियो हुने हो भने मर्ज गरौँ : बानियाँ

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले लोकतन्त्र बलियो बनाउने कार्यमा पत्रकारहरुको भूमिका सदैव महत्वपूर्ण रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औँ वार्षिक साधारणसभामा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै नेता बानियाँले नेपाली काँग्रेस सरकारमा रहँदा वा नरहँदा दुबै अवस्थामा नेपाली प्रेस बलियो हुनुपर्ने...

प्रधानमन्त्रीकै ‘छोरी’लाई पढ्न सकस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । अहिले उनी १० वर्षकी भइन् । मुगुम कमारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्ने गरी केही परिवर्तन देखिँदैन । उनको...