प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

तु खबर संवाददाता
२०७७ पुष ५, आईतवार १०:५९
file-photo

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।

नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अधिनायकवादको संज्ञा दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिस प्रति आपत्ति जनाएका छन्।

नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको  भन्दै कडा भत्सर्ना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*