पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ ।
गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै उनी पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् । अदालतले सो निवेदन अध्ययन गरिरहेको छ, हालसम्म दर्ता भने भएको छैन ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा सरकारले ओली र उनका क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । जेन जी आन्दोलन जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले गौरी बहादुर कार्कीको अध्यक्षमा बनाएको आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकमाथि फौजदारी अभियोगमा कारवाही गर्ने सरकारको तयारी अनुरुप उनीहरुलाई पक्राउ गरिएको हो ।
सोही पक्राउको विरुद्धमा शाक्य सर्वोच्च अदालतमा निवेदन लिएर पुगेकी हुन् । सो निवेदन आज दर्ता भएमा भोलिका लागि सुनुवाइ हुनेछ ।
