भक्तपुरको बालकोटबाट केपी शर्मा ओलीले गरे मतदान
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।
ओली पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्। मतदानपछि उनी आफ्नो निर्वाचन क्षेत्र झापा-५ जाने कार्यक्रम रहेको बताइए पनि उक्त कार्यक्रम हाल स्थगित गरिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि काठमाडौंमा मतदान गरेर झापा जाने क्रममा थिए। तर हेलिकप्टर अवतरण नगरी उनी बीच बाटोबाटै काठमाडौं फर्किएको जानकारी प्राप्त भएको छ।
बालेन्द्र शाह पनि झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
