राजनीति/ समाज
संवैधानिक परिषद् अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेका छन् । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।
पार्टी एकताबद्ध भएर अघि बढछ : अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टीमा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रवास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए...
‘सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व’
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले कांग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने...
‘एक घर एक धारा ’
मकवानपुर । बागमती प्रदेश सरकारले पछिल्लो दुई वर्षको अवधिमा एक हजार ३३९ किलोमिटर सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मन्त्रालय मातहतका विभिन्न निकायले ८०७ किमी कच्ची र १५५ किमी कालोपत्र सडक निर्माण गरेका हुन् । त्यस्तै ३२० किमी ग्राभेल र २४ किमी ढलान सडक निर्माण...
विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई भनेका छन् । पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१,...
ललिता निवास प्रकरण : गच्छदारलाई म्याद बुझ्न ताकेता
काठमाडौँ । ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारले म्याद बुझ्नुभएको छैन । १० महिना पूरा भइसके पनि म्याद बुझाउन...
हेटौंडामा सरकारविरुद्ध काँग्रेसको वृहत जनप्रदर्शन
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा आज हेटौंडामा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्लामा आज विरोध प्रदर्शनको आयोजना गरको थियो । नेपाली काँग्रेस मकवानपुरद्वारा आयोजित विरोध प्रदर्शन गर्ने क्रममा पूर्वतर्फ हेटौंडाको सानोपोखरा, दक्षिणतर्फ वन...
जनता काँग्रेससँग छ : सभापति शेरबहादुर देउवा
हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले एकदलीय शासन व्यवस्था चलाएको आरोप लगाएका छन् । नेपाली काँग्रेस मकवानपुरले आज आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताएका हुन् । अहिले जनता काँग्रेससँग भएको स्पष्ट पार्दै सभापति देउवाले कोरोनाको समयमा सरकारले...
पीडामा परेकाहरुले सरकार जिन्दावाद भन्न सक्दैनन् : काँग्रेस प्रवक्ता शर्मा
मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रसाद शर्माले नेपाली काँग्रेसलाई नजिस्काउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारलाई चेतावनी दिएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारविरुद्ध भएको प्रदर्शनमा उनले सो यस्तो बताएका हुन् । उनले कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर टेष्ट किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन...
काँग्रेस सभापति देउवा हेटौंडा आइपुगे
हेटौंडा । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडा आइपुगेका छन् । नेपाली काँग्रेस मकवानपुरद्वारा अहिले केहीसमयमा आयोजना हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न देउवा हेटौंडा आएका हुन् । प्रदेश प्रहरी कार्यालय हेटौंडा परिसरमा देउवा ओर्लिसकेका छन् । यसपछि उनले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।सभालाई काँग्रेस प्रवक्त...










