पीडामा परेकाहरुले सरकार जिन्दावाद भन्न सक्दैनन् : काँग्रेस प्रवक्ता शर्मा
मकवानपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रसाद शर्माले नेपाली काँग्रेसलाई नजिस्काउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारलाई चेतावनी दिएका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारविरुद्ध भएको प्रदर्शनमा उनले सो यस्तो बताएका हुन् ।
उनले कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर टेष्ट किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वारेन्टानइनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफुहरु सडकमा उत्रिनु परेको बताए ।
एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको शर्माको भनाइ थियो । उनले भने– अहिले जनताहरु कोरोना भाइरसको मारमा परिरहेका शर्माले बताए ।
नेपाली काँग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भुकम्पले भत्कियो भन्दैमा अन्तरे जस्तरेहरु जेठो हुन नसक्ने बताए । जनता मारमा भएको बताउँदै उनले मारमा परेको जनताले सरकार जिन्दावाद भनेर नारा लगाउन नसक्ने शर्माको भनाइ थियो ।
अस्पतालमा आमालाई भर्ना गर्न गएको छोरो आमाले उपचार नपाएपछि सरकार जिन्दावाद भन्न सक्दैन, यातायात व्यवसायीहरु, विदेशमा संकटमा रहेका नेपालीहरु कसैले पनि सरकार जिन्दावाद भन्न नसक्ने शर्माले बताए ।
हरेक संकटको बेला नेपाली काँग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै शर्माले अहिलेको संकटमा पनि काँग्रेसले नै नेतृत्व गर्ने बताए ।
