राजनीति/ समाज
प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण र संवद्र्धन गर्नुपर्छः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन् । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा...
२५ दिनभित्र काम गर्न पर्यटनमन्त्रीको निर्देशन
सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी...
ओलीलाई अर्को धक्का
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन्...
नेकपाको सचिवालय बैठक शुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी थिए । यसअघि यही मङ्सिर १७ गते...
सरकारविरुद्ध कांग्रेस सडकमा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवाको निवास...
बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो। कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव...
अन्तरकलह जहाँको त्यहीँः टसमस भएनन् ओली–प्रचण्ड
सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र...
ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’ !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् । सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच...
सरकारले जनताको आवश्यकतालाई कुनै पनि भेदभाव नगरी योजना वितरण गर्ने मुख्यमन्त्री पौडेलको भनाई
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको जनताहरुको आवश्यकता र शहरीकरणको विकासको पक्षलाई जोड्ने कार्यको लागि प्रदेश सरकारले कुनै पनि जिल्लालाई भेदभाव नगरी योजना वितरण गर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौंडा उपमहानगरपालिका ११ नवलपुर र वडा नम्बर १२ पदमपोखरी जोड्ने रापती...
सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरे । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उनले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको...







