राजनीति/ समाज
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने...
यसकारण अध्यादेशबाट पछि हटे ओली
मकवानपुर । अध्यादेश फिर्ता नलिने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तत मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै पछि हट्न बाध्य भए । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठकका लागि दिउँसो १ बजे बालुवाटार बोलाइएको थियो । अधिकाँश नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशका सवाललाई लिएर नेताहरुले ओलीको...
सभामुख श्रेष्ठद्वारा कम्बल वितरण
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गरेका छन् । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उनले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल...
राजनीतिक द्वन्द्वको घानमा संसद्
काठमाडौं । अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।...
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी समितिको बैठक निर्धारीत समयभन्दा ३ घण्टा ढिलो गरी सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न नमानेपछि बैठक निर्धारीत समयभन्दा ढिलो भएको हो । तर, सहमतिको पहलस्वरुप...
सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल
काठमाडौँ । पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । उनीहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् । अपराह्न १ बजेका लागि तोकिएको...
विभिन्न पार्टी परित्याग गरी हेटौंडा–१३ का ५७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१३ मजुवामा नेकपा तथा राप्रपाका अग्रज स्थानीय नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । केही शाताअघि कांग्रेसमा प्रवेश गरेका मजुवाका नवप्रवेशीहरुले मंगलबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँलाई राखेको स्वागत कार्यक्रममा नेकपा र राप्रपाका ५७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।...
भागबण्डाले के–के भन्छ ?
काठमाडौं । उतिबेला सभामुखको रस्साकस्सी र अहिले अध्यादेश किन ल्याइयो ? किन चल्यो भन्ने कुरा संवैधानिक परिषद्को बैठक तीन दिनदेखि गोलचक्करमा चलिरहेबाटै प्रष्ट हुन्छ । स्रोतका अनुसार प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृह सचिव प्रेमकुमार राई र सदस्यमा अर्का एकजनाको नाम प्रस्ताव गर्नुभएको छ । शेरबहादुर देउवासँगको...
ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी
काठमाडौं । आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन...
रेडियो नेपालको पुरानो गरिमालाई फर्काइनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे । सरकारका...










