नेविसंघ मकवानपुरद्वारा संसद विघटनविरुद्ध हेटौंडामा प्रदर्शन

तु खबर संवाददाता
२०७७ पुष ५, आईतवार १४:४१

मकवानपुर । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले हेटौंडामा प्रदर्शन गरिरहेका छन् ।

दिउँसो २ बजे नेपाली काग्रेको पार्टी कार्यलयबाट निस्कने जुलुस प्रदर्शन सिमाचोक पुगि कोणसभामा परिणत हुने भएको नेवि संघ मकवानपुरले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकमा संसद विघटन गर्ने निर्णय सिफारिस गरेका थिए । प्रधानमन्त्रीको उक्त निर्णयप्रति नेकपा, कांग्रेस, राप्रपा, जसपालगायत विभिन्न पार्टीले चौतर्फी आलोचना गरिरहेको छ ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव सुवेदी, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, क्षेत्रीय सभापति सुवास सापकोटा, विद्यार्थी नेताहरु मिलन पुडासैनी, सन्तोष चौलागाईंलगायतको सभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*