कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा पुस ७ गते अपराह्न १ बजे बस्ने भएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
