राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा

तु खबर संवाददाता
२०७७ पुष ५, आईतवार १५:०२
file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।

प्रधानमन्त्री ओलीले ल्याएको उक्त प्रस्तावलाई स्वीकारर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै आज संसद विघटनको घोषणा गरेकी हुन् ।

संसद विघटनको घोषणा गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मितिसमेत तोकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*