संसद विघटनविरुद्ध नेकपा मकवानपुरको गम्भीर आपत्ति
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमप्रति घोर भत्र्सना गरेको छ ।
नेकपा मकवानपुरले आइतबार प्रधानमन्त्री ओलीले संविधानको भावना विपरित मौजुदा प्रतिनिधिसभा (संसद) विघटन गरिएकोप्रति एक विज्ञप्ती जारी गर्दै त्यसविरुद्ध गम्भीर आपत्ति जनाइएको हो ।
जारी विज्ञप्तीमा ‘नेकपाको कम्युनिष्ट आन्दोलनको मुल्यमान्यतालाई उल्लंघन गर्दै लाखैं कार्यकर्ताको आस्थालाई चोट पुर्याउने गरी प्रतिनिधिसभा विघटन गरेकोले नेकपा मकवानपुर यस कदमप्रति घोर निन्दा र भत्र्सना गर्दछु’ उल्लेख छ ।
साथै विज्ञप्तीमा नेकपाका नेता कार्यकर्ताहरुलाई कुनै पनि भ्रममा नपरी पार्टी र पार्टी निर्णयको पक्षमा खडा हुन आग्रह गरेको छ ।

