ओलीले गरे आगजनी भएको बालकोटको घर अवलोकन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो घरको आज अवलोकन गरेका छन् ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको घमा समेत आगजनी भएको थियो । घर आगजनी भएपछि डन्डुस्थित भाडाको घरमा बस्दै आएका निवर्तमान प्रधनमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली आज बालकोटमा रहेको आफ्नो निवास अवलोकन गर्न पुगेका हुन् ।
आगजनीपछि आज पहिलो पल्ट सो घरमा पुगेका ओलीले घरको अवलोकन गरेका हुन् । उनले सो घरसमेत सरकारलाई दिइसकेको बताउँदै आफ्नो वासको रुपमा मात्र प्रयोग गर्दै आएको बताए । यो पनि सरकारी सम्पत्ति नै हो, हाम्रो वासको निम्ति मात्रै प्रयोग गर्दै आएका हौ, उनले भने ।
