मकवानपुरका खेती योग्य जमिनमा सिंचाइ गर्न प्रदेश सरकारको सहयोग

तु खबर संवाददाता
२०७७ पुष ७, मंगलवार ०९:५४
file-photo

मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका खेतीयोग्य जमिनमा सिंचाइ गर्नका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलका अनुसार, खेतीयोग्य खेतबारी भएपनि सिंचाइ गर्नका लागि समस्या भोग्दै आएका स्थानमा प्रदेश सरकारले सहयोग गर्ने भएका हुन् ।

मन्त्रालयले हेटौंडाको लक्ष्मीनारायण ट्युवेल सिंचाइ योजनाका लागि ५५ लाख रुपैयाँ छुट्याएको छ । यसबाट चालु आर्थिक वर्षमा काम गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी मकवानपुरको बागमती गाँपालिकाको फापरबारी सिंचाइ आयोजना पनि निर्माण गरिने भएको छ । यस आयोजनाका लागि मन्त्रालयले एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

हेटौंडा १४ को मेम्बरटोल सिंचाइ योजना निर्माण गरिने भएको छ । यसका लागि मन्त्रालयले ४८ लाख रुपैयाँ बजेट छुट्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*