प्रचण्ड– माधव पक्षको केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत सदस्य सहभागी

तु खबर संवाददाता
२०७७ पुष ७, मंगलवार १६:२१

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा बसेको केन्द्रीय कमिटीको बैठकमा करिब ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।

मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको उक्त समूहको बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिएका छन् ।

नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए।

प्रचण्ड–नेपाल पक्षले भने बालुवाटारमा भएको बैठकलाई गुट भेला भएको बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*