प्रचण्ड–माधव पक्षको नेकपाले आजबाट संसद विघटनविरुद्ध आन्दोलन गर्ने

तु खबर संवाददाता
२०७७ पुष १०, शुक्रबार ०८:१५

मकवानपुर । प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठकले आज शुक्रबारदेखि पुस २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बताएका छन् ।

उनका अनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*