सभापति देउवालाई आफ्नो पक्षमा सरकार गठन गर्न पौडेल पक्षको आग्रह
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।
त्यसअघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । भेलामा सहभागीहरुले भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।
