तरुन दल हेटौँडा–८ को आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ बैशाख ४, शनिबार १८:१०

मकवानपुर । स्व.प्रल्हाद चौलागाईको स्मृति दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तरुणदल हेटौँडा उपमहानगरपालिका वडा नं ८ को आयोजनामा स्व. निवर्तमान अध्यक्ष चौलागाईको स्मृतिमा रक्तदान सम्पन्न भएको हो ।

कार्यक्रम तरुणदल हेटौँडा–८ का अध्यक्ष राम थापाको अध्यक्षता एवम् नेपाली कांग्रेस जिल्ला सदस्य हरि वाग्लेको प्रमुख आतिथ्यतामा भएको हो ।

हेटौँडा–८ निम चोकमा भएको उक्त कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*