हेटौंडा–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार ०८:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रतियोगिता एमालकोे जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं.८ को आयोजनामा हुन लागेको हो ।

सो बारे शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा खेल संयोजक धर्मराज पुडासैनीले प्रतिोयोगिता यही भदौ २९ गतेदेखि असोज ५ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिए ।

खेल संयोजक पुडासैनीका अनुसार, प्रतियोगिता चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगितामा १९ वटै वडाका २० देखि २२ वटा टिमले सहभातिा जनाउने अनुमान गरिएको उनको भनाई छ ।

उक्त प्रतियोगिताको प्रथम र द्धितिय टिमले क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने खेल संयोजक पुडासैनीले बताए ।

यसैगरी, उत्कृष्ट खेलाडी तथा लामो समयदेखि खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान पत्र वितरण गरिने उनको भनाई छ ।

प्रत्येक किकेट टिमलाई ईन्ट्री शुल्क बापत रु. ५ हजार लाग्ने आयोजकले जनाएको छ ।