राजनीति/ समाज

‘जुलुस गर्ने हो भने न्यायालय किन चाहियो’

नुवाकोट । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानुनको व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको बताएका छन्। अदालतको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने सभापति देउवाको भनाइ छ। ‘दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ?’, सभापति देउवाले शुक्रबार विदुरमा आयोजित कांग्रेस...

प्रजातन्त्र सुदृढिकरणको लागि शैली र सोचाई परिवर्तन गर्न आवश्यक छ– नेता बानियाँ

मकवानपुर । बागमती प्रदेश सभाका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरुले आफ्नो व्यवहार, शैली र सोचाई परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरुले आफ्नो व्यवहार, शैली...

बागमती प्रदेशमा केन्द्रको निर्णय कुर्दै कांग्रेस

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सांसदहरूको जोडघटाउ सुरु भएको छ । ओलीनिकट पौडेलविरुद्ध दाहाल–नेपाल पक्षबाट अविश्वासको प्रस्ताव दर्ता गर्दै नेत्री अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । बागमती नयाँ सरकार गठन वा अविश्वास प्रस्तावमा कांग्रेस निर्णायक छ । यस विषयमा कांग्रेस संसदीय दलले शनिबारसम्म...

निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने

काठमाडौं । आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता...

धमाधम बन्न थाले स्थानीय तहका भवन

काठमाडौँ। न्यूनतम सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन अवस्थामा छन् । सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै तीन वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने घोषणा...

विभाजनको औचित्य पुष्टि गर्न दौडधुप

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्। दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि...

संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कांग्रेस मकवानपुरले विरोध प्रदर्शन गर्ने

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा २ को थाहा नगरपालिकाको पालुङमा यही पुस १३ गते...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् । कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उन्ले आज...

मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे । रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना...

स्वनाम साथीको समर्पण अनुकरणीयः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उहाँमा निमोनियाको समस्या देखिएको थियो । अध्यक्ष दाहालले आज...