सामाजिक विकास मन्त्रालय बागमतीले गलत तथ्याङ्क सच्चायो

तु खबर संवाददाता
२०७८ बैशाख १३, सोमबार १५:२९

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको गलत तथ्याङ्क सच्याएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा यसअघि सार्वजनिक गरेको प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको गलत तथ्याङ्क सच्चाएको हो ।

मन्त्रालयले यसअघि देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्क भन्दा प्रदेशमा तीन गुण बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्क गतल भएको भन्दै विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि मन्त्रालयले उक्त तथ्याङ्क सच्याएको हो ।

मन्त्रालयले प्रदेशभरमा हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण १ हजार ६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमितको कूल संख्या १ लाख ६४ हजार ३ सय २६ जना पुगेको छ । तीमध्ये हालसम्म १ लाख ५४ हजार ९ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार ३ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशमा हाल ४३ जनाको भेन्टिलेटर, ८९ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, संस्थागत आइसोलेशनमा ६ सय ८ जना र होम आइसोलेशनमा ७ हजार ७ सय ४ जना रहेको मन्त्रालयको तथ्याङ्क रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*