हेटौंडा १२ मा नेकपा माओवादी केन्द्रको कार्यालय स्थापना

तु खबर संवाददाता
२०७८ बैशाख ५, आईतवार १७:१८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी कार्यालय स्थापना गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार एक कार्यक्रमबीच वडा पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताइन् । ‘आन्दोलनको बहाक नेकपा माओवादी नै भएकाले उपलब्धीहरुको रक्षाको लागि हामी थप सशक्त भएर अघि बढ्नुको बिकल्प छैन’, उनले भनिन् ।

कार्यालय उद्घाटन लगत्तै बसेको वडा कमिटिको बिस्तारित बैठकले योङ कम्युनिष्ट लिग वडा भेला संयोजकमा राजकुमार बिक, अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला संयोजकमा यसोदा खनाल र सहसंयोजकमा मन्जु थिङलाई जिम्मेवारी दिएको छ ।

कार्यक्रम पार्टी वडा कमिटि अध्यक्ष पुण्यशिद्धि लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश कमिटी उपमहानगरपालिका इन्चार्ज बिवेक राई, जिल्ला सदस्य सन्दिप घलान, उपमहानगरपालिका पार्टी नगर अध्यक्ष तिर्थ थापा मगर, पार्टी नगर सचिवालय सदस्य राज मोक्तान, वडा कमिटी इन्चार्ज भुवन खनाल, मजदुर नेता रवीन्द्र केसीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*