सामाजिक विकास मन्त्रालय बागमती प्रदेशद्वारा गलत तथ्याङ्क सार्वजनिक
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा हालसम्म साढे १० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजिक गरेको छ ।
सो मन्त्रालयले आफ्नो वेबसाइटमा प्रदेशका सबै जिल्लामा गरी हालसम्म १० हजार ५ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क नै हेर्ने हो भने पनि नेपालमा हालसम्ममा कोरोना संक्रमणबाट ३ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले बागमती प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्क भन्दा तीन गुण बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यस्तै, मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशका १ लाख ६४ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ लाख ५४ हजार ९ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तीमध्ये हाल ८ हजार ३ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा हाल ४३ जनाको भेन्टिलेटर, ८९ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
्
यस्तै, संस्थागत आइसोलेशनमा ६ सय ८ जना र होम आइसोलेशनमा ७ हजार ७ सय ४ जना रहेको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
