दिवंगत जसपा जिल्ला नेता तामाङप्रति श्रद्धाञ्जली अर्पण
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) मकवानपुरद्वारा उक्त पार्टीका दिवंगत जिल्ला नेता माइला तामाङप्रति आइतबार श्रद्धञ्जाली अर्पण गरेका छन ।
२१ औं दिनको पुण्य तिथी एवम् घेवा (किरिया) का दिन मृतकको घरमा पुगेर जसपाका नेताहरुले शोकको घडिमा परिवारलाई धैर्यधरण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित समवेदना प्रकट गरेका छन् ।
श्रद्धाञ्जली कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सोनाम सिं स्यङ्तान, संघीय परिषद् सदस्यहरु तथा जिल्ला नेताहरु राजेन्द्र सिमखडा, तुफान विक्रम क्षेत्री, जीवन लामा, दिपक लामा, सोम लामा, प्रदेश नेता ध्रुवा ढकालसहितको उपस्थिति रहेको थियो ।

