नेकपा माओवादी केन्द्र मनहरी २ को वडा कमिटी गठन

तु खबर संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १८:५७

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी–२ को वडा कमिटी गठन भएको छ । सुर्यबहादुर ब्लोनको संयोजकत्वमा ३५ सदस्यीय वडा कमिटी गठन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य तथा मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिए ।

बिहिबार नेकपा माओवादी केन्द्र मनहरी २ को वडा भेला तथा प्रशिक्षण कार्यक्रममा वडा कमिटी गठन भएको  हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसेलको ईमान सिंह ब्लोनको संयोजकमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको इन्चार्ज पाख्रिनले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख अथितिमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, मकवानपुर जिल्ला सदस्य आनन्द घलान, नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका सहइन्चार्ज हिरालाल स्याङतान, वडा इन्चार्ज चन्द्रबहदुर स्याङतान, नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका सदस्य राजकुमार थिङ र पार्टिका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*