माओवादी केन्द्रको हेटौँडा–१३ मा वडा कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार ०८:५७

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका १३ नम्वर वडाको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

मंगलबार एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्र मकवानपुरकी इन्चार्ज कुमारी मोक्तानले कार्यालय उद्घाटन गरेकी हुन् ।

उनले कार्यालय उद्घाटन गर्दै कोभिड–१९ संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन र समस्यामा परेकाहरुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । ‘कोरोना संक्रमणले देश नै संकटमा परेको छ । अर्कोतर्फ सरकारको रबैका कारण पनि देश दिशाबिहिन बन्न पुगेको छ’, मोक्तानले भनिन्, ‘यो दुबै संकटमाट मुक्त नभएसम्म देश अघि बढ्न सक्दैन ।’

कार्यक्रममा योङ कम्युनिष्ट लिग (वाइसिएल) १३ नम्बर वडा कमिटि गठन गरिएको छ । २१ सदयीय कमिटिको अध्यक्षमा सम्भु बज्यु, उपाध्यक्षमा कमल मोक्तान, सचिव बुद्धिमान स्याङ्तान, कोषाध्यक्ष विवेक स्याङ्तान रहेका छन् । सदस्यहरुमा बीरबहादुर घिमिरे, बिजय घिसिङ, जयबहादुर थिङ,सन्तोष गोले,कमल घिमिरे लगायत चयन भएका छन् ।

वडा पार्टी अध्यक्ष बीरबहादुर गोलेको अध्यक्षतामा भएको उद्घान तथा समिति चयन कार्यक्रमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ललित घलान, पार्टी नगर इन्चार्ज बिवेक राई, नगर कमिटि अध्यक्ष तिर्थ थापा मगर, १३ नम्बर वडा कमिटि इन्चार्ज तारा मोक्तान, १२ नम्बर वडा कमिटी इन्चार्ज भुवन खनाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*