कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार ०८:१६

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो बस्दै छ ।
बैठक सोमबार बस्ने भनिएको भएपनि केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो ।

एक सभा भन्दा बढी केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गर्न उनीहरुमा कोरोनाको संक्रमण नभएको थाहा भएपछि कांग्रेसले आज दिउँसो बैठक बोलाएको हो ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने तय भएको छ ।

१४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको भनाइ छ। कांग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*